श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि, एक बर्षमा २० लाखभन्दा बढी पर्यटकले भ्रमण गरेको तथ्याङ्कमा उल्लेख

काठमाडौंः श्रीलंकाले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलंकाको केन्द्रीय बैंक (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ । यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ । सिबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ । श्रीलंका सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।