काठमाडौं: नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।
सोमबार सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो ।
हिजो आइतबार छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको। चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।


















