सुनको मुल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै, तोलाको साढे दुई लाख नजिक

काठमाडौं: नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार (असोज २७) छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।