क्यालिफोर्नियाको भीषण डढेलो,१० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त

भीषण डढेलो

काठमाडौंःअमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा ११ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ ।