घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआइ सिरिजको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधबारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो ।
सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने एक खेल पनि जित्न सकेन ।
च्याम्पियन्स ट्रफीमा भारत र बंगलादेशसँगै पाकिस्तान र न्युजिल्याण्ड समूह ’ए’ मा रहेका छन् । दक्षिण अफ्रिका भने अफगानिस्तान, अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग समूह ’बी’ मा रहेको छ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।
च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्नेछ ।













