काठमाडौं: हवाई आक्रमणपछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द गरिएका छन् ।
रियल–टाइम उडान ट्रयाकिङ सेवा फ्लाइटराडरको तथ्यांक अनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा तीन प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन् ।
फ्लाइटराडर २४ का अनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडानह रद्द गरिएका छन् ।
बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अल्पत्र परेका छन् ।



















