रवीन्द्रको शव अस्पतालमै, आफन्तको धर्ना; गृहमन्त्री जाँदै

काठमाडौं: सुनसरीको कप्तानगञ्जमा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तहरूले बुझ्न अस्वीकार गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको हो। आफन्तहरूले अस्पताल परिसरमा धर्ना दिँदै गृहमन्त्री सुधन गुरुङ आफैं आएर माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।

माग पूरा नभएसम्म शव नबुझ्ने अडानपछि गृहमन्त्री गुरुङ केहीबेरमै त्रिवि शिक्षण अस्पताल जाने तयारीमा छन्।

गृहमन्त्री निकट स्रोतका अनुसार गुरुङ दिउँसो १ बजेदेखि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए। छलफल सकिएपछि उनी अस्पताल जाने तयारीमा रहेको स्रोतले जनाएको छ।