काठमाडौंः महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
दुवै टोली जितको साथ सिरिजको सुरुवात गर्ने योजनमा छन् ।
टी–२० वरियतामा नेदरल्याण्ड्स १६औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।













