हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते ।

हुम्ला दुर्घटना

काठमाडौं । हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो । यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५ जना महिला र ३ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा १ जना पुरुषको सवारी दुर्घटना ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५÷०७६ मा ट्रयाक्टर दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन । यस्तै ०७७÷०७८ मा ३ जना पुरुष र २ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ०७८÷७९ मा १ जना बालकले ज्यान गुमाएका छन् । ०७९÷०८० मा १ जना पुरुषले ज्यान गुमाएका छन भने २ जना गम्भीर घाइते भएका छन । ०८०÷०८१ म २ जना पुरुष १ जना महिला १ जना बालकले ज्यान गुमाएका छन् । ०८१÷०८२ मा ३ जना पुरुष १ महिला २ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ ।