बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा पुगेको छ ।

 

गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आइतवार तोलामा १६ सय रुपौँयाले बढेको हो ।

 

त्यसैगरी चाँदीको भाउ पनि १५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपौँयामा कारोवार भएको थियो ।