४२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज उच्च मूल्यबाट सुन ४२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।