काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुलाउने बताएका छन् ।
शनिबार इलामको बाढी–पहिरोले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले भोलिसम्म उक्त राजमार्ग खोल्ने बताएका हुन् ।
उनले मेची राजमार्गको विकल्प सडक निर्माणका लागि अध्ययन गरिनेसमेत बताएका छन् ।
उनले भने- ‘मेची राजमार्गको विकल्पमा अध्ययन गरेर सडक निर्माण गछौँ । इलाममा ठुलो विपद् आइपरेको छ । सरकारको तर्फबाट राहत वितरण र पुनर्निर्माणलाई प्राथमिकता दिएका छौँ । इलाम जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ,’ मन्त्री घिसिङले भने, ‘अब पूर्वाधार निर्माण गरी पुनर्स्थापना गर्ने काम गछौँ ।’


















