म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु, हाल उद्धार कार्य जारी ।

खानी भत्किएर मृत्यू

म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए । सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए । मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उनले बताए। हाल उद्धार कार्य जारी छ ।