चीनमा ५.१ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का महसुस

भूकम्पको धक्का महसुस

काठमाडौं चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ । यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालमा ठूलो धक्का महसुस भएको थियो ।