काठमाडौं नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो । लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो। उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।



















