मकवानपुर ट्राफिकले उठायो ६ महिनामा एक करोड ३२ लाख राजस्व

राजस्व संकलनमा वृद्धि

बागमतीः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ ।
ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ३२ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व संकलन भएको छ ।
सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा १६ लाख २० हजार ५ रूपैयाँ बढी राजस्व संकलन भएको हो।