केपी ओली कप फुटबलको तयारी पूरा, १० टिमले प्रतिस्पर्धा गर्ने

केपी ओली कप फुटबलको तयारी पूरा

काठमाडौंः सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक युवा संघले सबै तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म हुनेछ । केपी ओली अपको लाइभ कान्तिपुर टिभि म्यक्सबाट हुनेछ ।

प्रतियोगिताको सुरुआती खेल र क्वाटरफाइनल खेल सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ । तेस्रो संस्करणमा ए डिभिजन क्लबहरूसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।