भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले सञ्चालन गरेको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमिस्थित सुप्रिम एकेडेमीले हात पारेको छ ।
सानोठिमी खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ काश्य पदकसहित विजेता बनेको हो ।
चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक खेल सानोठिमी खेल मैदानमा, कबड्डी खेल आदर्श मावि सानोथिमिमा, भलिबल खेल बोडे मावि बोडेमा र मार्सलआर्टतर्फ कराते, तेक्वाण्डो एवं उसु आदर्श मावि लायकुमा भइरहेको छ ।
तीन दिन चल्ने प्रतियोगितामा मध्यपुरथिमी नगरभित्रका २९ विद्यालयका सात सय ६९ जना छात्रछात्राले प्रतिस्पर्धा गरिरहेका नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए ।















