काठमाडौंः बुढानीलकण्ठ नगरपालिकाले न्यूनतम रोजगारीमा संलग्न हुन चाहानेहरुका लागी अवसर प्रदान गर्ने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ रोजगार सेवा केन्द्रको समन्वयमा बुढानीलकण्ठ नगरपालिकाा नगरवासीहरुको लागी यो अवसर प्रदान गर्ने भएको हो ।
न्यूनतम रोजगारीमा आवद्ध हुन चाहने चालु आर्थिक वर्षमा न्यून आय भएका वा स्वरोजगारमा संलग्न नभएका १८ वर्ष देखि ५९ वर्ष उमेर सम्मका व्यक्तिले मात्र आवेदन दिन पाउँने छन् ।
साथै इच्छुक व्यक्तिले यहि फागुन मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।




















