जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड

तपाईले कोटेश्वर जटिबुटीको मुख्य सडक छेउमा पुरानो पहेलो रंगको साइन बोर्ड याद गर्नुु भएको छ ? यदि पहेलो रंगको साइनबोड याद गर्नुभएको छैन भने पनि जडिबुटी बस पार्कमा बस कुर्दा वा हिड्दा कुनै चीजको वास्नाले तपाईको नाकमा पर्पर् भएको जस्तो त पक्कै पनि महसुस गर्नुभएको छ नै होला । तपाईले कोटेश्वर जटिबुटिको मुख्य सडक छेउमा महसुस गर्नु भएको वास्ना जडिबुटियुतm औषधीको हो । जुन जडिबुटियुक्र औषधी उत्पादन गर्दै आइरहको एक सरकारी कम्पनीको हो । जसको नाम जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड हो । यो त्यही कम्पनीले हो, जसले सन्चो उत्पादन गदै आइरहेको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल सरकारको स्वामित्वमा रहेको एक कम्पनी हो । २०३८ सालमा स्थापना भएको यो कम्पनीले औषधि, सौन्दर्यजन्य सामाग्री र स्वस्थ्य उद्योगका लागि आवश्य जडिबुटिसंकलन तथा प्रशोषधन गरी आवश्यक तेल उत्पादन गर्ने नेपालको पहिलो उद्योगको हो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गदै आएको औषधिजन्य तेल सन्चो नेपाली बजारमा निकै लोकप्रिय छ । हाल कम्पनीले सन्चो तेल ६० लाख भन्दा माथि उत्पादन गदै आइरहेको छ ।

सन्चो तेलको सुरुवाती र हालको अवस्था

    • ३८ वर्षअघि स्थापना भएको यो कम्पनीले २०५६ मंसिरबाट सन्चो उत्पादन सुरु गरेको थियो ।

    • उत्पादनको सुरुवाती समयमा वार्षिक १० हजार गोटा सन्चो उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले हाल करिब ५० लाखको हाराहरीमा सन्चो विक्रिवितरण गदै आएको छ ।

    • कोरोना महामारीको समयमा सन्चोको माग उच्च देखिएको थियो । त्यसबेला कम्पनीले ६० लाख भन्दा माथि सन्चोको विक्रि समेत गरेको थियो ।

    • स्वदेशमा मात्र नभई विदेशी बजारमा पनि सन्चो उत्पादन पुर्‍याउने  उदेश्यका साथ हाल कम्पनीले सुइडेनमा आफ्नो उत्पादन सन्चो निर्यात गदै आइरहेको छ ।

    • सन्चो उत्पादनले प्रख्यात जडीबुटी उत्पादन केन्द्रले सन्चो उत्पादनलाई नयाँ सिलप्याक सहित बजारमा भित्राएको छ ।

    • साथै केहि समय पछि अत्याधुनिक मेसिनबाट जीएमपीमा आधारित भएर सन्चो नेपाली बजारमा भित्राउने तिव्र तयारीमा कम्पनी अगाडी बढको छ ।

 

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सन्चोको साथै सिलाजित विभिन्न सुधन्धित तेल, बाम, मसाज तेल, सेनीटाइजर लगायतका सामाग्री उत्पादन गदै आइरहेको छ । कम्पनीका विभिन्न शाखाहरुमा तरहरा, बेलबारी, तामागढी, महेन्द्रनगर र टीकापुरमा ५ सय हेक्टर जमिनमा औषधीजन्य तेल उत्पादनका लागि आवश्यक जटिबुटिहरुको उत्पादन गदै आएको छ । साथै जाजरकोट तथा गोर्खामा समेत शाखा विस्तरको काम कम्पनीले गरिरहेको छ । कम्पनीले जटिबुडी उत्पादन गर्ने कामबाट करिब ४ सय किसानलाई रोजगारी दिएको छ भने यो संख्या बढाएर १ हजार पु¥याउने लक्ष्य समेत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी महाप्रबन्धक संगीता यादव बताउँछन् ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी प्रा.लि नेपालमा जडिबुटीको खेती उत्पादन संकलन तथा प्रशोधन गरी तिनीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा व्यापार व्यवसाय गर्ने उदेश्यले सरकारले २०३८ सालमा स्थापना गरेको कम्पनी हो । नेपाली बजारमा लोकप्रिय बनेको सन्चो बाहेक प्रतिलिटर ५० हजार रुपैयाँसम्म पर्ने केमोमाइल, पामारोजाल लगायतका तेल, अत्तर उत्पादन गरिहरेको कम्पनीले आगामी दिनमा सौर्दयका साम्रागीका उत्पादनका लागि आवश्यक गृहकार्यमा समेत जुटीरहेको छ ।

नेपालमा पाइने जडिबुटी विश्व प्रख्यात रहेको छ । यस्ता जडिबुटीबाट उत्पादन हने औषधि नेपालमै प्रशोधन गरी निर्यात गर्न सके यसले गरीब निवारण र सरकारलाई विदेशी मुद्रा आर्जन गर्न समेत मद्दत गर्ने निश्चित छ । तर यसका लागि सरकारले नेपालमा भएका जडीबुटी उत्पादन तथा प्रवद्धनमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । साथै जडीबुटीजन्य औषधी उत्पादन गर्ने यस्ता कम्पनीहरुको विकास र प्रवद्धनका लागि विशेष कार्यक्रम सचालन अहिलेको आवश्यता हो ।