काठमाडौंः विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनो आइतबार नेपाल आइपुगेका छन्।
उनी केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन्।
उनले केही दिनअघि केपी ओली कप फुटबलको चिफ गेस्टका रुपमा नेपाल आउन लागेको र त्यहाँनै सबैसँग भेट गर्ने भन्दै भिडियो सन्देश जारी गरेका थिए।
राष्ट्रिय युवा संघले बुफोनो आइतबार नेपाल आइपुग्ने जानकारी दिएको थियो। केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुनेछ।












