आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेर तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

गत शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले घटेर १९९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको २ हजारमा कारोबार भएको थियो ।