गायिका रचना रिमालको ह्याम्स अस्पतलमा उपचारत

काठमाडौं:  गायिका रचना रिमालको ह्याम्स अस्पतलमा उपचार भइरहेको छ ।

सांगीतिक कार्यक्रममा प्रस्तुति दिन मंगलबार रुकुम पश्चिम पुगेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

रिमालको  अहिले  ह्याम्स अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम पुगेका बेला अचानक पेट दुखेपछि उनलाई सेनाको हेलिकोप्टरले उद्धार गरेर नेपालगञ्ज ल्याएको थियो ।

नेपालगञ्जबाट थप उपचारका लागि काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको हो ।