फरेक्स जापानले ल्यायो “७७ रंग एफ जे पे संग” को अभियान

अभियानले ७७ जिल्लालाई समेटेर ७७ लाख येन खर्च गर्ने

काठमाडौं: फोरेक्स जापान कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘७६ को रंग, एफ् जे पेसंग’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ।

विगत लामो समयदेखि जापानमा रहेका नेपालीसहित विभिन्न मुलुकमा भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स जापानले आफ्नो मोबाइल एप (एफ जे पे) मार्फत रकम पठाउने सुविधालाई अझ प्रभावकारी बनाउन यो अभियान अघि सारेको हो।

अभियान अन्तर्गत नेपालका सबै ७६ जिल्लालाई एउटै मातामा जोड्ने लक्ष्य राखिएको छ। यसका लागि कम्पनीले जापानमा रहेका नेपालीहरूको सहकार्यमार्फत ७६ लाख जापानी येन खर्च गर्ने योजना बनाएको छ।

यो योजना अन्तर्गत जापानस्थित हरेक जिल्लासँग सम्बन्धित नेपाली संस्थाहरूसँग सहकार्य गरी प्रत्येक संस्थालाई १ लाख जापानी येन सहयोग उपलब्ध गराइनेछ। साथै संस्थाले प्राप्त रकमलाई आपत्कालीन राहत कोषमा राखी जापानमा रहेका नेपालीहरूका आकस्मिक समस्यामा प्रयोग लगाएत रहेको कम्पनीले बताएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्लिकेसन एफ जे पे प्रयोग गर्ने प्रत्येक ग्राहकले रकम कारोबार गर्दा प्राप्त हुने नाफाबाट केही हिस्सा जापानमा रहेका नेपालीहरुलाई गाह्रो साह्रो पर्दा सहयोग होस भन्ने उदेश्यले  खर्च गर्ने घोषणा गरिएको छ।

‘७६ को रंग, एफ जे पे संग’ भन्ने नारासहित सार्वजनिक भएको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास कम्पनीको रहेको छ ।