मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर

विराटनगर: विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ ।

नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ ।

अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

कैदीबन्दीका आफन्तसमेत कारागारको गेटअगाडि आएर होहल्ला गर्न थालेपछि प्रहरीले हवाइ फायर खोलेको थियो । अहिले उनीहरुलाई समेत हटाइ सकिएको छ ।