काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह ले फिफा विश्वकप फुटबलबारे रोचक टिप्पणी गरेका छन्।
शनिबार साँझ फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले धेरैले आफूलाई विश्वकपमा कुन देशको समर्थक हो भनेर सोध्ने गरेको बताएका छन्।
त्यसको जवाफमा उनले आफ्नो मनपर्ने देशले अहिलेसम्म विश्वकपमै नखेलेको बताएका हुन्।
‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ?’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले यसलाई व्यंग्यात्मक टिप्पणीका रूपमा लिएका छन् भने केहीले उनले कुन देशलाई संकेत गरेका हुन् भन्ने विषयमा अनुमान गर्न थालेका छन्।





















