काठमाडौं: राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
तीन दिनसम्म चल्ने यस महाधिवेशनले पार्टीको नीति, सांगठानिक संरचना र नेतृत्व चयनको दिशा तय गर्नेछ।
महाधिवेशनको सुरुवातमा विभिन्न प्रतिवेदनहरू- राजनीतिक, सांगठानिक र विधानसम्बन्धी- प्रस्तुत गरिनेछ। त्यसपछि नेतृत्व चयन प्रक्रियामा प्रवेश गरिनेछ।
सभापति पदमा वर्तमान सभापति रबि लामिछाने नै निरन्तर रहने सम्भावना धेरै देखिएको छ।
पार्टीभित्रको वर्तमान शक्ति सन्तुलन र भूमिकाका कारण उनी निर्विरोध चयन हुने अनुमान छ।
उपसभापतिमध्ये एक पदमा अर्थमन्त्री समेत रहेका स्वर्णिम वाग्ले पनि निर्विरोध हुने तयारी छ। बाँकी पदहरूमा भने प्रतिस्पर्धा चर्किएको छ।
एक खुला उपसभापति र एक महिला उपसभापति पदका लागि पार्टीका मन्त्री तथा शीर्ष नेताहरूबीच प्रतिस्पर्धा देखिन्छ। विशेषगरी महिला उपसभापति पदमा धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा अझ तीव्र हुने देखिन्छ। तर सहमति जुटाएर सकेसम्म निर्विरोध नेतृत्व चयन गर्ने प्रयास पार्टीभित्र भइरहेको बुझिन्छ।


















