सिंगापुर र मलेसियाविरुद्ध खेल्ने प्रारम्भिक ३० खेलाडी मुख्य प्रशिक्षक रसको छनोटमा

काठमाण्डौः सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडी छनौट भएका छन् ।

नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडी समेटेर प्रारम्भिक टिम छनौट गरेका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ ।

प्रारम्भिक टिममाः गोलकिपर– किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ ।

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अन्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ र अशोक खवास ।

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु ।

फरवार्डः गिलेस्पी जंग कार्की, अन्जन विष्ट, समीर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी ।