अस्ट्रेलियाः दक्षिण अस्ट्रेलियाले सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाएको छ ।
मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवद्र्धन गर्न भन्दै दक्षिण अस्ट्रेलियाले सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाएको हो ।जुलाई १, २०२५ मा लागू हुने यो प्रतिवन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ ।
दक्षिण अस्ट्रेलियाले सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध गर्ने भएसंगै जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य समेत बनेको छ।















