दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ

काठमाडौं: दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले साेमबार उनीहरूलाई पक्राउ गरेको हो । संग्रौलालाई ललितपुरको भैँसेपाटी र बस्नेतलाई बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा आइतबार ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ ।