दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं: ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ठमेलको ज्याठास्थित एक होटेलबाट उनीहरू पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानाएको छ ।

पक्राउ परेका दुई चिनियाँ नागरिक माथि थप अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेहरूमा चुनलिङ र समेचुङ छन् । उनीहरू एकजना पुरुष र एक महिला रहेका छ्न् ।