काठमाडौं: बुढानीलकण्ठ नगरपालिका मा आयोजित ‘कृत्रिम बुद्धिमत्ताको युगमा नगरीय शासनको पुनर्संरचना’ विषयक म्युनिसिपल गभर्नेन्स सम्मेलन २०२६ ले बुढानीलकण्ठ म्युनिसिपल एआई घोषणापत्र २०२६ औपचारिक रूपमा अवलम्बन गरेको छ।
सम्मेलनमा सार्वजनिक सेवामा कृत्रिम बुद्धिमत्ताको प्रयोग, डिजिटल प्रणालीबाट बुद्धिमान शासनतर्फको यात्रा, नैतिक र जवाफदेही एआई, नागरिक अधिकार, पारदर्शिता तथा साइबर सुरक्षाजस्ता विषयमा विज्ञहरूले प्रस्तुति दिएका थिए।
यसैगरी, कार्यक्रममा सन्ध्या सिटौला, राजिब पाण्डे सुब्बा र अनिल कुमार दत्ता लगायतले स्थानीय शासनमा एआईको जिम्मेवार प्रयोगबारे धारणा राखेका थिए।
समापन सत्रमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मुख्य निष्कर्ष र भावी कार्यसम्पादनका प्रतिबद्धताहरू सार्वजनिक गरेका थिए। साथै नगर नेतृत्वले भावी कार्ययोजना सार्वजनिक गर्दै एआईको पारदर्शी, समावेशी र नागरिकमैत्री उपयोगप्रति प्रतिबद्धता जनाएका छन्।
बुढानीलकण्ठ युवा परिषद् को समन्वयमा तयार गरिएको घोषणापत्रले स्थानीय तहमा डिजिटल शासन सुधारको नयाँ अध्याय सुरु गरेको सहभागीहरुले धारणा राखेका थिए।
यसैगरी, सोही कार्यक्रममा बुढानीलकण्ठ म्युनिसिपल एआई घोषणापत्र २०२६ समेत जारी गरिएको थियो। बुढानीलकण्ठ युवा परिषद्को सम्मेलन सचिवालयले समन्वय गरेको यस घोषणापत्रमार्फत स्थानीय शासनमा कृत्रिम बुद्धिमत्ताको पारदर्शी, समावेशी र नागरिकमैत्री उपयोगप्रति नगरपालिकाको साझा प्रतिबद्धता व्यक्त गरेका छ्न।




















