९ वर्षीया बालिकाको पेटमा एक किलो कपाल, चिकित्सकनै चकित

भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट एक किलोको कपालको ठुलो डल्ला निकालेका छन् ।

करिब दुई घण्टाको अपरेसनपछि बाहिर निस्किएको कपालको डल्लो निकालिएको हो ।

मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल (एसकेएमसीएच) मा भएको यो शल्यक्रियाले चर्चा समेत बटुलेको छ ।

साथै बालिकाकाको पेटमा त्यतिधेरै कपाल कसरी पुग्यो भन्ने प्रश्न समेत उब्जाएको छ ।

जनवरी १८ मा एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको भन्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए ।

परिवारका अनुसार, ती बालिकाको तीन वर्षको उमेरदेखि नै कपाल टिपेर खाने बानी रहेछ । सानै देखि टाउकोको कपाल उखेलेर खान्थिन् ।

परिवारका अनुसार, उनी नहाउन भन्दा पनि नमानेपछि मातापिताले टाउको खौरिदिए । तर बिस्तारै कपाल बढ्दै गएपछि फेरि खाइहाल्ने उनको बानी थियो ।

बालिकाको पेट दुखेको भन्दै बालिकाले खान र पिउन छोडिन् ।

निजी अस्पतालमा देखाउने क्रममा पेटमा कपाल भएको पत्ता लागेको थियो ।

अपरेसनपछि पेटबाट निस्किएको कपालको डल्लो झन्डै एक केजीको थियो ।

बालिका ट्राइकोटिलोमेनिया नामक मानसिक रोगी भएको र उनलाई ट्राइकोबेजोर नामक रोग लागेको डाक्टरले बताएको छ ।

यो रोगमा व्यक्तिले आफ्नो आँखी भौँ, टाउको र छालमा भएको कपाल वा रौँ उखेलेर फ्याँक्छन् ।

केहीले भने यसरी उखेलेको रौँ-कपाल खाने गर्दछन् ।