ट्रम्पको शपथ समारोहमा विश्वका विशिष्ट व्यक्तिलाई निम्तो

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमले आउँदो सोमबार उनले अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पद र गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण समारोहको तयारी तीव्र रूपमा भइरहेको छ । अमेरिकामा राष्ट्रपतिको शपथ ग्रहणलाई हर्षोल्लासका साथ मनाउने चलन छ । नवनिर्वाचित राष्ट्रपतिसँगै उपराष्ट्रपतिले पनि शपथ लिनेछन् । डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा विश्वका धेरै विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा धेरै विशिष्ट विदेशी पाहुनाहरूको सहभागिता रहनेछ । शपथ समारोहमा अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलि सहभागी हुनेछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि समारोहमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यसका साथै कार्यक्रममा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान पनि सहभागी हुनेछन् । ट्रम्पको शपथ ग्रहणमा चीनका राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणा पठाइएको छ । तर मिडिया रिपोर्टका अनुसार सी जिनपिङ कार्यक्रममा उपस्थित नहुने ठानिएको छ । प्रायः एकअर्काका प्रतिद्वन्द्वीका रूपमा चर्चित एलोन मस्क र मार्क जुकरबर्ग ट्रम्पको शपथ समारोहमा सँगै हुने छन् । समारोहमा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् । समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेनलाई पनि निम्तो दिइएको छ । उनी उपस्थित हुने बताइएको छ । तर, ट्रम्प भने यसअघि बाइडेनको शपथमा उपस्थित थिएनन् ।