काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने चर्चाको खण्डन गरेका छन् । बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले त्यो बजार हल्लामात्र भएको जिकिर गरे ।सरकार चाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दै गरेको प्रधानमन्त्री ओलीले बताएका छन । उनले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको बताए । मङ्गलबार सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि असन्तुष्टि जनाउन थालिसकेकाले ओली सरकार चाँडै ढल्ने दाबी गरेका थिए । अध्यादेशलाई लिएर कांग्रेसकै केही नेताले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सरकारको ६ महिनाको कामको समीक्षा गर्न देउवाले भोलि पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएका छन् ।


















