काठमाडौंः काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्ने आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
५० एक्यूआई भन्दा माथि प्रदूषण सूचकांक भन्दा माथिको वायुलाई अस्वस्थकर मानिन्छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ ।
५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ।
सुख्खायाममा काठमाडौंको वायुको अवस्था हरेक वर्ष खस्कने गर्दछ ।



















