काठमाडौंः पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा बेलुन पट्केर आगो लाग्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।
पोखराका मेयर आचार्य भने केही दिन अस्पतालमै उपचरमा रहने छन् ।
मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने तयारी भएको
र्कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ।
मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरेर केही दिन उपचार गरिने छ
शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते भएका थिए ।


















