स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन

काठमाडौंः स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ ।

स्वास्थ्य बीमा बोर्डको कार्डकारी निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त हाल्ने अन्तिम दिन आइतबार राती ११ जनाको दरखास्त स्वीकृत भएको सूचना प्रकाशित गरेको हो ।

कार्यकारी निर्देशकका लागि आवेदन दिनेहरुमा गंगा प्रसाद जोशी, डा शक्ति बस्नेत, रामप्रताप यादव, डा सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भु प्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी, डा प्रमोद कुमार यादव, होमनाथ न्यौपाने र डा रघुराज काफ्ले रहेका छन्।