काठमाडौंः नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको परियोजना स्थगित भएको छ ।
नेपाल सरकारलाई यस विषयमा २०८१ फागुन २ गते इमेल आएसंगै एमसीसी अन्र्तगतको परियोजना स्थगित भएको जानकारी आएको हो ।
एमसीसी परियोजनाका लागि नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता गरिएको थियो ।
सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।


















