काटमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक शुक्रबार ‘मिडिया ब्रिफिङ’ गर्ने भएको छ ।
शुक्रबार दिउँसो १ः३० बजे ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
आज मन्त्रालयमा मिडिया ब्रिफिङको सुरुवात गर्दै प्रवक्ता बुढाथोकीले अब हरेक शुक्रबार ब्रिफिङ गरिने बताउनु भएको हो ।
‘सरकारले गरेको नीतिगत तथा कार्यगत कुराको जानकारी दिन हरेक शुक्रबार १ः३० बजे प्रेस ब्रिफिङ गरिने प्रवक्ता बुढाथोकीले जानकारी दिए । साथै
अर्कोपटकबाट मन्त्रालयले आवश्यकता अनुसार विज्ञसमेतलाई राखेर प्रत्यक्ष प्रशारण गर्ने उनले बताए ।
प्रवक्ता डा. बुढाथोकीले प्रेस ब्रिफिङबाट नागरिकले सूचनाको हकको प्रत्याभूति गर्न पाउन् दाबी समेत गरेका छन् ।


















