सेकेण्ड एन.सी.एम.टी इन्टरकलेज फुटसल टुर्नामेंन्टको फाइनल सम्पन्न

काठमाडौंः सेकेण्ड एन.सी.एम.टी इन्टरकलेज फुटसल टुर्नामेंन्टको उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले हात पारेको छ ।

आज काठमाडौंको सामाखुशी स्थित मनाङ मस्र्याङ्दी फुट्सल ग्राउण्डमा भएको फाइलन खेलमा टेक्सास इन्टरनेशनल कलेजलाई २–१ गोलको अन्तरमा हराउदै ए.आइ.टी.एम कलेजले विजय हासिल गरेको छ ।

ए.आइ.टी.एम कलेजसंग पराजित बनेको टेक्सास इन्टरनेशनल कलेज दोस्रो स्थानामा आएको छ । त्यस्तै, तेस्रो स्थानमा सरस्वती बहुमुखी क्याम्पस रहेको छ । फुट्सल टुर्नामेंन्टको पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने कलेजहरुले क्रमशः २५, १५ र ५ हजार नगद सहित मेडल र ट्रफि प्राप्त गरेका छन् ।

साथै उक्त टुर्नामेंन्टको उत्कृष्ट गोलरक्षकको उपाधि ए.आइ.टी.एम कलेजका अनिल के.सी ले प्राप्त गरेका छन् भने मोस्ट भ्यालुएबल प्लेयरको उपाधि सरस्वती बहुमुखी क्याम्पसका सुशान्त भण्डारीले हात पारेका छन् ।

इन्टरकलेज फुटसल टुर्नामेंन्टको आयोजक कलेज एन.सी.एम.टीका भाइस प्रिन्सिपल विकास विडारीका अनुसार कलेजले विद्यार्थीलाई पढाईसंगै विद्यार्थीको वृत्ति विकासका लागि टुर्नामेंन्ट महत्त्वपूर्ण भएको औलाएका छन्। साथै कलेजले आगामी वर्ष तेस्रो एन.सी.एम.टी इन्टरकलेज फुट्सल टुर्नामेंन्ट आयोजना गर्ने जनाएको छ ।

त्यस्तै टुर्नामेंन्टको प्रमुख अथिति नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यस्ता टुर्नामेंन्टले विद्यार्थीहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुुका साथै राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने धारणा राखे ।

फुट्सल टुर्नामेंन्टको पहिलो खेलमा १४ टिम सहभागी भएका  थिए। जसमा ३ समुहमा छुट्टयाइएर हरेक टिमले तीन वटा लिगम्याच खेलेका थिए । खेलको पोइन्टको आधारमा ८ वटा टिम क्वाटरफाइलनमा पुगेका थिए । जसबाट ४ वटा टिम सेमिफाइनलमा पुग्न सफल बनेको थियो भने ए.आइ.टी.एम कलेज र टेक्सास इन्टरनेशनल कलेज फाइनलमा पुगेका थिए ।