पोथी गैँडा मृत फेला

काठमाडौ: चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।

लामिचौर अमलटारी सेक्टरको मध्यवर्ती वनमा अन्दाजी सात वर्षको पोथी गैँडा मृत फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार मरेको गैँडामा पुरानो घाउ देखिएको छ ।

मरेको गैँडामा पुरानो घाउ देखिएकाले अर्को गैँडासँग जुधेर मरेको हुन सक्ने अनुमान  निकुञ्जले गरेको छ ।