अछाम:अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रंगीदेवी भण्डारीलाई हेलिकप्टरबाट सुर्खे प्रादेशिक अस्पताल ल्याएको हो ।
बच्चा जन्मेपछि रक्तस्राव नरोकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत ल्याएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
शुक्रबार सुत्केरी भएकी रंगीदेवीको निरन्तर रगत बगेपछि थप उपचारका लागि सुर्खेत लगिएको कमलबजार नगरपालिका–८ का वडा अध्यक्ष प्रजा बोगटीले बताए ।



















