काठमाडौंः दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ ।
सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा प्रहरी र स्थानीयसहित १५ जना घाइते भएका छन् । अहिले स्थिति सामान्य बन्दै गइरहेको प्रहरीले जनाएको छ ।


















