काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छिन् ।
घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयाराले मन्त्री भट्टराईको घाँटीमा समस्या आएर शुक्रबारदेखि अस्पताल भर्ना भएको जानकारी दिएका छ्न् ।
अस्पतालका अनुसार उपचाररत मन्त्री भट्टराईको स्वास्थ्य सुधार हुँदै गइरहेको छ ।


















