काठमाडौं: विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आइपुग्ने भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् ।
उनी आइतबार नेपाल आइपुग्ने राष्ट्रिय युवा संघले जानकारी दिएको छ । केपी ओली कपको फाइनल आउदो सोमबार दशरथ रंगशालमा हुनेछ । उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।
बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देश पठाएका छन् । उनले भिडियोमा नेपाली भाषामै सम्बोधन गरेर आफू नेपाल आउने जानकरी गराएका थिए ।



















