त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा सुवास आचार्य

काठमाडौंः त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त भएका छन् ।

त्रिविले अस्पतालले छनोट समितिले दिएको सिफारिसका आधारमा उनलाई निर्देशका नियुक्त गरेको हो ।

डा आचार्य शिक्षण अस्पतालका क्रिटिकल केयर विभागके प्रमुखका रुपमा कार्यरत थिए ।

यसैगरी, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त भएका छन्।

यसअघि  उनी सहायक क्याम्पस प्रमुख थिए । साथै केही समय निमित्तका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए।