एकैदिनमा २७ सय घट्यो सुनको मुल्य

काठमाडौं ः बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।