काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रत्रालयले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले आजबाट निःशुल्क स्क्रिनिङ अभियान सुरु गरेको छ ।
समुदायमा नसर्ने रोगको भार कति छ वा छैन भन्ने जानकारी लिन फागुन महिनाभर ३० वर्ष माथिका नागरिको स्क्रिनिङले अभियान सरु गरिएको हो ।
स्वास्थ्य मन्त्री पौडेलले नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचार गरी नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्नमा मन्त्रालय लागेको बताए ।
नसर्ने रोगबाट जोगिन जीवनशैलीमा परिर्वतन आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले औलाएका छन् । उनले पढेलेखेकाहले आफूमा रोग छैन भन्ने घमण्ड रहने गरेकाले पनि त्यसलाई चिर्न पनि परीक्षण आवश्यक भएको बताएका छन् ।
देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरुको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यले थालिएको अभियानबाट प्राप्त स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।
फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको सरकारी तथ्यांक छ ।


















