काठमाडौं: आज चार प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको हो ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
साथै वर्षा तथा हिमपातले दैनिक जनजीवनमा असर पर्नसक्ने भन्दै सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।


















